Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • भारतमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित

    भारतमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.2K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहकाे काेराेना भाइरसले अधिकांश मुलुक प्रभावित बनेका छन्। साेही क्रममा पछिल्लाे समय भारतमा काेराेना संक्रमितकाे संख्या ह्वात्तै वृद्दि भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

    भारतीय सञ्चार माध्यमका अनुसार भारतमा बसोबास गर्दै आएका एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । अछाम घर भएका उनीहरु रोजगारीका लागि मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका थिए ।



    यससँगै भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । परिवारमा रहेका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो । कस्तुरवा अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।



    यसअघि भारतको बैंग्लोरमा बस्दै आएका एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो। हालसम्म भारतमा २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय संक्रमित भेटिएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार