Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • हँसियाले हानेर श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या

    हँसियाले हानेर श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 4.7K
    SHARES

    फाइल फोटो

    दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् ।

    तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) श्याम अर्यालले जानकारी दिए ।



    आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको डीएसपी अर्यालले बताए ।



    साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार