Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना भाईरस फैलाउँछु भन्दै धम्की दिने युवती पक्राउ

    कोरोना भाईरस फैलाउँछु भन्दै धम्की दिने युवती पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.8K
    SHARES

    एजेन्सी । अमेरिकाको टेक्सास निवासी एक १८ बर्षीय युवतीले कोरोना फैलाउँछु भन्दै धम्की दिएपछि पक्राउ गरिएको छ । उनले स्न्याप च्याटमार्फत् बारम्बार भिडियो मार्फत् यस्तो धम्की दिन थालेपछि पक्राउ गरिएको कार्लटोन प्रहरीलाई उध्दृत गर्दै सिएनएन जनाएको छ ।

    लोरेन मारादियागा नाम गरेकी उक्त युवतीले आफूले कोरोना परिक्षण गरेपनि रिपोर्ट भने नेगेटिभ आएको प्रहरी समक्ष बयान दिएकी थिईन् ।



    उनले आतंकबादी शैलीको धम्की दिएको तथा थर्ड डिग्रीको अपराध गरेको कसुरमा डेन्टन काउन्टीको हिरासतमा पठाइर्एको प्रहरीले जनाएको छ । हालसम्म अमेरिकामा कोरोना भाईरसको संक्रमणबाट झण्डै ब १२ हजारले ज्यान गुमाईसकेका छन् भने चार लाख बढी संक्रमित रहेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार