Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सप्तकोशीमा पानीको बहाव बढ्यो: रातो बत्ती बालियो, ३१ वटा ढोका खुला

    सप्तकोशीमा पानीको बहाव बढ्यो: रातो बत्ती बालियो, ३१ वटा ढोका खुला

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    धरान । बुधबारदेखि परेको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

    पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।



    शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए । पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्य ३१ वटा ढोका खोलिएको छ ।



    यस्तै, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पानीको बहाव उच्च भएकाले कोसी आसापासका वासिन्दालाई सर्तक र सुरक्षित रहने निर्देशन गरिसकेको जानकारी दिए । पानीको बहाव उच्च भएपश्चात भारतले कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेको छ ।

    सप्तकोशी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको टोली विभिन्न स्थानमा उद्धारका लागि परिचालन गरिसकिएको एसपी पौडेलले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार