रामनारायण यादव / जनकपुरधाम । एसिड पीडित आरती साहलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
एसिड पीडितसंग सौतेली व्यवहार गर्ने मुख्यमन्त्री लालबाबु राउतले ९ महिनापश्चात आरतीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
व्यापक आलोचनापश्चात मुख्यमन्त्री राउतले पीडित साहलाई बिहीबार बिहान आर्थिक सहयोग गरेका छन् ।
पतिबाट सम्बन्ध बिग्रीएपछि माइत जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको बेला आरतीलाई पति संजिवले एसिड प्रहार गरेका थिए । एसिड आक्रमणबाट घाइते भएकी आरतीको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात जलेको छ ।
Leave a Reply