Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपाली मुस्लिममाथि कोरोना फैलाएको भारतीय पक्षको आरोप, सीमामा २० ट्रक एसएसबी खटाइए

    नेपाली मुस्लिममाथि कोरोना फैलाएको भारतीय पक्षको आरोप, सीमामा २० ट्रक एसएसबी खटाइए

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 3.8K
    SHARES

    वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मिया मुखियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्र गरेको भन्दै भारतीय पक्षले निरन्तर आरोप लगाएपछि मिया आतंकित बनेका छन्।

    यो संगै सीमा नाकाको जिल्ला पर्सामा सुरक्षा सतर्कता व्यापक बढाइएको छ। भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ सो बिषयमा समाचार प्रसारण तथा प्रकाशन गरेपछि भारत र नेपालकाे सीमा क्षेत्रका गाउँमा यसले हलचल नै ल्याएको छ।



    भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले जालीम मिया मुखिया नामका व्यक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराएको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर प्रशारण गरेका छन्।



    तर त्यसमा कुनै सत्यता नभएको र आफ्नो चरित्र हत्या गरेको भन्दै गाउँपालिका अध्यक्ष मियाले आरोपको खण्डन गरी प्रस्ट परेका छन्।
    मियाले आफूलाई बदनाम गराउने नियतले चरित्र हत्या गरिएको बताए।  नेकपा प्रदेश २ प्रदेश कमिटी सदस्य समेत रहेका मिया भारतीय मिडियाको झुठो खबरले निक्कै तनावमा परेका छन् ।

    मियालाई कोरोना भाइरस फैलाउन खोजेको आरोप मात्र लगाएका छैनन, भारतीय मिडियाहरुले नेपाल भारतमा अवैध हतियार र जाली नोटको तस्करीमा पनि सलंग्न रहेको भनेर अफवाह फैलाएका छन् ।

    बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रमुख र सुरक्षा अधिकारीलाई अप्रिल ७ तारिखमा पठाएको पत्रमा नेपालको जिल्ला पर्सा, ग्राम जगरनाथपुर, पोस्ट जानकीटोला निवासी जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेको भनेर उल्लेख छ।

    पत्रमा वीरगन्जसंग सीमा जोडिएको बिहार रक्सौलको पनटोका रामगढवास्थित भारतीय सीमा सुरक्षा बलले नै अप्रिल ३ तारिखमा पत्र लेखेर जालीमको गतिविधिका बारेमा जानकारी गराएको उल्लेख छ।

    विदेशबाट आएका करिव २ सय मुसलमानहरुलाई मस्जिदमा संरक्षण दिएको र त्यसमध्ये कोरोना संक्रमित ५० जनालाई भारत पठाउन मुखियाले योजना बनाइरहेको शर्माले पठाएको पत्रमा उल्लेख छ।

    पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले भने भारतीय पक्षको आरोपको बिषयमा बुझ्ने काम भइरहेको वताएका छन्।

    बारा र पर्साका विभिन्न मस्जिदमा बसिरहेका कोरोना संक्रमित केही मुसलमानहरु सिटामोल खाएर तापमान नियन्त्रण गर्दै बसेको खुफिया जानकारी समेत उक्त पत्रमा छ।

    यो बिषय भारतीय मिडियामा आए लगत्तै रक्सौल सीमामा १५ देखि २० ट्रक एसएसबीका जवान खटाइएको छ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार