Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • चोरी गर्ने झोक्कीको विचित्रको शैली, फोहोरमैला उठाउने भेषमा सुनसान घरहरुलाई टार्गेट

    चोरी गर्ने झोक्कीको विचित्रको शैली, फोहोरमैला उठाउने भेषमा सुनसान घरहरुलाई टार्गेट

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले फोहोर टिप्ने बहानामा घरमा चोरी गर्दै हिड्ने एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा महोत्तरी जिल्ला बर्दिबास न.पा-८ रातोखोला स्थायी घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३० बर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे रहेका छन् । उनलाई महाशाखाको टोलीले मंगलबार बालकुमारी पुलबाट पक्राउ गरेको हो ।



    महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ परेका झोक्कीले बाटोमा फ्यालिएका कार्टुनका टुक्राहरुलगायतका अन्य फोहोरमैला समेत उठाउने भेष बनाएर मानिसहरु नभएको सुनसान घरहरुबाट नगद, ल्यापटप, मोबाईल तथा बिभिन्न सुन-चाँदीका गर-गहनाहरु चोरी गरेका थिए।



    गत भदौं १ गते राती भक्तपुर बुढाथोकीगाउँ स्थित नरेन्द्रराज सिजापतीको घरबाटल्यापटप, मोबाइल सेट र नगद सत्ताइस हजारलगायतका धनमाल चोरी भएपछि महाशाखाबाट खटिएको विशेष टोलीले झोक्कीलाई पक्राउ गरेको हो।

    पक्राउ परेका झोक्कीलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, भक्तपुर ठिमी पठाईएको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका झोक्की बिजुलीको तार चोरी मुद्धामा बि.सं. २०७२ साल असोजमा पक्राउ परेर जेल चलान भई २०७५ सालतिर छुटेको भन्ने बुझिएको छ।

    महाशाखाका अनुसार झोक्कीबाट बरामद गरिएको सामानको बिबरण यस्तो छ :-
    • नोकिया मोबाईल थान १
    •  सिरियल नम्बर FQXRB82 भएको Inspiron 3542 मोडलको कालो रङको Dell ल्यापटप थान १
    •  81D1 मोडलको कालो रङको Lenovo ल्यापटप थान १
    •  ८६३२९६०४४१४३९१५, ८६३२९६०४४१४३९०७ IMEI नम्बर भएको VIVO मोबाईल थान १

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार