Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पत्रकारलाई लागुऔषध हालेर फसाउने एसपीले जिल्ला छाडे

    पत्रकारलाई लागुऔषध हालेर फसाउने एसपीले जिल्ला छाडे

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौँ । पत्रकारलाई लागूऔषध हालेर फसाएको प्रकरणमा मुछिएका रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई जिम्मेबारी मुक्त गरिएको छ।
    जिम्मेबारीमुक्त भएपछि एसपी शाह जिल्ला छाडेर काठमाडाैँतर्फ लागेका छन्।

    उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ । उक्त घटनामा एसपी शाह संलग्नता रहेको भन्ने पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य छन् ।



    समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ।



    यसअघि सोमबार पत्रकार सम्मेलनमा एसपी शाहले पत्रकार मोजिबुल्लाहलाई छाडिएको जानकारी दिँदै निर्दोष पत्रकार पक्राउ परेको भन्दै माफी पनि मागेका थिए ।

    यसरी गल्ती स्वीकारेका एसपी शाहलाई तुरुन्तै प्रहरी प्रधान कार्यालयमा तानेर कारवाही थाल्नु पर्नेमा उल्टै आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको मनोबल गिर्ने भन्दै जोगाउन लागेको प्रहरी स्रोतको भनाइ थियो ।

    गत साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो ।

    पत्रकार फसाउने प्रहरी रौतहटका एसपी शाहका घुमुवा हुन्, शाह असुलीमा बदनाम मानिन्छन्। ती घुमुवाको गलत क्रियाकलापको बारेमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए । शाहकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइएको खुलेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार