Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गुरु भट्टराईले भने, ‘अपशब्द र मर्यादाहिन कुरा बोलेको भए फाँसिमा झुण्डिन तयार छु’

    गुरु भट्टराईले भने, ‘अपशब्द र मर्यादाहिन कुरा बोलेको भए फाँसिमा झुण्डिन तयार छु’

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं – रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक गुरु भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गर्ने राज्यद्रोहीलाई स्वार्थका लागि जे पनि गर्न तयार हुने भन्दा संस्कार बाहिरको हुने भन्दै प्रश्न गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले विधवा राष्ट्रपतिलाई श्रीमान चकारेर गाली गर्ने, प्रधानमन्त्रीलाइ मर्यादा नाघेर गाली गर्ने राज्यद्रोहीलाई आफूले तिम्रो इच्छा पूरा भयो अब रमाउ, मोजमस्ती गर भन्दा संस्कार बाहिरको नहुने जिकिर गरेका छन्।



    ‘संसारको अदालत, नेपाली शब्दकोशमा अर्थ खोजेर ल्याउ, मैले अपशब्द र मर्यादाहिन कुरो बोलेको कुरा पुष्टि भए फाँसिमा झुन्डिन तयार छु,’ उनले लेखेका छन्, ‘आफ्नो ज्ञान पुग्दैन, अनि मनोगत अर्थ लगाएर ट्रोल खडा गर्न खोज्ने ? यस्ता स्यालहरु कराएर सिंह मैदान छोडेर भाग्दैन। नक्कली कुरा गरेर गुरु भट्टराइको मुख र कलम बन्द गर्ने दुस्साहस नगर। तिमी हार्ने छौ।’



    उनले मुलुक हरेक दिन सिन्को नभाची साँढे तीन अर्ब खर्च गरिरहेको बताउँदै देश सरकारबिहिन भएको डेढ महिनामा डेढ महिनामा डेढ खर्ब स्वाहा भएको भन्दै कटाक्ष गरेका छन्।

    ‘तिमी गुरु भट्टराइले नलेखेको कुरामा मस्त छौ। डेढ खर्ब रकमले ७५० मेगावाट विद्युत उत्पादन हुन्छ। तर तिम्रा कलमका निभ किन भाँचिएका छन् ? प्रश्न त्यहाँ गर। मलाइ हैन। सिगापुर, मलेसिया १५ वर्षमा बने, एउटा मुलुकको डेढ महिना समय पानीमा बगेको छ , खै तिम्रो चेतना ?’ उनले प्रश्न गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार