Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौँमा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, राति ८ बजेपछि सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

    काठमाडौँमा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, राति ८ बजेपछि सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)मा राति ८.०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।

    उपत्यकाका सीडीओहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए।



    पराजुलीले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताए । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८.०० बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार