Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • नेपाली कांग्रेस पौडेल समूहका जिल्ला सभापतिको पार्टी कार्यालयमा धर्ना, यी हुन् माग

    नेपाली कांग्रेस पौडेल समूहका जिल्ला सभापतिको पार्टी कार्यालयमा धर्ना, यी हुन् माग

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन्।

    क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएको एक नेताले जानकारी दिए।



    यसअघि उनीहरुले विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । उक्त अल्टिमेटम आज सकिएकाले बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बसेको ती नेताको भनाइ छ।



    पौडेल समूहका जिल्ला सभापतिहरुको भेलाले साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेको थियो।

    हालै मात्र कांग्रेसले क्रियाशील सदस्यता विवाद सकाएको छ। मंगलबार बेलुका छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार