Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कालोबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमै भेट्न पुगे मन्त्री

    कालोबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमै भेट्न पुगे मन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले कालोबजारी र स्वास्थ्य सामग्री तस्करी गर्दा गर्दै पक्राउ परेका सुलभ अग्रवाललाई भेट्न उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड हिरासतमै पुगेका छन्।

    प्रहरी हिरासतमा रहेका अग्रवाललाई भेट्न सरकारी झण्डावाल गाडीमा आपूर्ति राज्यमन्त्री दुगड गएपछि आलोचना  हुन थालेकाे छ। नेकपाका नेता भीम रावलले यस्ता अपराधमा संलग्नहरूलाई बचाउनका लागि गैरकानूनी ढंगले चलखेल गर्न खोज्ने कसैलाई पनि सरकारमा बसेर झण्डा हल्लाउने अधिकार नभएको बताए । प्रधानमन्त्री केपी ओलीले दुगडलाई तत्काल पदमुक्त गर्न रावलले सुझाव दिए ।



    सरकारले केही भ्रष्टाचारीहरूलाई कारवाही गरेपनि धेरै भ्रष्टहरू कारवाहीमा नपरेको रावलले बताए । उनले संकटको समयमा यस्ता भ्रष्टाचारका कुरा आइरहँदा पनि कारवाही गर्न छाडेर संरक्षणमा लाग्नु राज्यको लाचारीपना भएको बताए ।



    लकडाउनका कारण जनता हिँडेर घर गइरहेको भन्दै रावलले भने, ‘लकडाउनले जनता समस्यामा परेका छन् । हिँडेर घर गएका छन् । कि खानपिनको व्यवस्था गर्नुप¥यो । होइन भने घर जाने व्यवस्था गर्नुपर्छ ।’

    ‘सरकारमा जो पायो त्यसैलाई लाने काम गलत भयो । योगदान भएका मान्छेले अबसर नपाउने भए’, उनले भने, ‘यसको जरो कहाँ छ त्यो खोजेर कारवाही गर्नुपर्छ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार