Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पत्रकारलाई लागुऔषधमा फसाउन निर्देशन दिने एसपीलाई किन जोगाउन खोज्दैछन् आईजीपी ?

    पत्रकारलाई लागुऔषधमा फसाउन निर्देशन दिने एसपीलाई किन जोगाउन खोज्दैछन् आईजीपी ?

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 5.1K
    SHARES

    काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो गल्ती लुकाउन  पत्रकारलाई लागूऔषध हालेर फसाएको पुष्टि भएको छ। लागूऔषधमा पत्रकार फसाउने दुई प्रहरी निलम्बित भएका छन् भने पक्राउ परेका पत्रकार मुजिबुल्लाहलाई रिहा गरिएको छ ।

    जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका हुन् । चौतर्फी दबाबपछि लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका पत्रकार मोजिबुल्लाहलाई छाड्न प्रहरी वाध्य भएको हो।



    सोमबार  पत्रकार सम्मेलनमा एसपी शाहले पत्रकार मोजिबुल्लाहलाई छाडिएको जानकारी दिँदै निर्दोष पत्रकार पक्राउ परेको भन्दै माफी पनि मागेका थिए ।



    यसरी गल्ती स्वीकारेका एसपी शाहलाई तुरुन्तै प्रहरी प्रधान कार्यालयमा तानेर  कारवाही थाल्नु पर्नेमा उल्टै आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको मनोबल गिर्ने भन्दै जोगाउन लागेको प्रहरी स्रोतको भनाइ छ।

    पत्रकार सम्मेलनमा एसपी शाहले पत्रकार सञ्जय सहनीको मिलेमतोमा घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको पाइएको दाबी गरेका थिए।

    असइ यादव र प्रहरी जवान जिप्रका रौतहटका घुमुवा हुन् । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहको निर्देशनमा उनीहरूको प्रत्यक्ष संलग्नतामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध लुकाई पत्रकारलाई पक्राउ गरिएको थियो ।

    एसपी शाहमाथि भने प्रहरी प्रधान कार्यालयले कुनै छानविन प्रक्रिया अगाडि बढाएको छैन। शाह असुलीमा बदनाम मानिन्छन्। उनी पटक-पटक बिबादमा आइरहने प्रहरी अधिकारी हुन।

    ती घुमुवाको गलत क्रियाकलापको बारेमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए । शाहकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइएको भन्दै पत्रकार महासंघले उनीमाथि नै छानविन गर्नुपर्ने माग गर्दै आएको छ। शाहले पत्रकारलाई फसाएपछि गरेको टेलिफोन संवाद नै बाहिरिएको छ ।

    एसपी शाह र लागुऔषधमा पत्रकार मोजिबुल्लाहलाई फसाउने पात्र पत्रकार साहनीबीचको टेलिफोन संवाद नै बाहिरिएको हो ।

    शाहले नै योजना बनाएर आफु बिदा गए पछि सो काम सकाउन असई यादवलाई खटाएको आरोप छ ।

    एसपी साहले पत्रकार सम्मेलन मार्फत नै दोषी भनेका सहनीको मोबाइलमा घटनाको एक दिन पछि सम्पर्क गर्दै आफ्ना प्रहरी कर्मचारीले काम सम्पन्न गरेकोमा खुशी व्यक्त गरेको अडियो नै बाहिरिएको छ। यसबाट पनि प्रस्ट हुन्छ कि एसपी शाह घटनाका मुख्य योजनाकार हुन।

    पत्रकारलाई लागूऔषध हालेर फसाउन घुमुवाद्वयले  स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा ‘नाइट्राभेट’ नामक लागूऔषध राख्न लगाएका थिए । घटनामा संलग्न धीरज र जितेशकुमारलाई पक्राउ गरी ६ दिनको म्यादसमेत थप भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार