Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अनियमितता गरेका पूर्वमन्त्रीलाई १२ वर्ष जेल

    अनियमितता गरेका पूर्वमन्त्रीलाई १२ वर्ष जेल

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी – कोरोना भाइरसको महामारीका बेला अनियमितता गरेका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ। इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा पैसा हिनामिना गरेको ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाइएको हो।

    पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले पर्याप्त प्रमाण रहेको भन्दै दोषी ठहर गरेको हो। उनलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो। अनियमितताको आरोप लागेपछि प्रहरीले बटुबारालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।



    अदालतले उनलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर तिराउन आदेश दिएको छ। राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार