Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • लुम्बिनीमा मुख्यमन्त्री केसीले मागे विश्वासको मत, चर्चा विमला र अजयकै

    लुम्बिनीमा मुख्यमन्त्री केसीले मागे विश्वासको मत, चर्चा विमला र अजयकै

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    बुटवल ।  नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारिरहेकै बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन् ।

    सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

    उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै उनले संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए ।



    तर, नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएका छैनन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार