Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रदेश सरकारको निर्णय: किसानको व्याज तिर्नेसहित यस्ता राहत उपलब्ध गराउने

    प्रदेश सरकारको निर्णय: किसानको व्याज तिर्नेसहित यस्ता राहत उपलब्ध गराउने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । चीनबाट सुरू भइ विश्व्यापी महामारीकाे रूपमा फैलिएको कोरोना भाइरसका कारण जारी ‘लकडाउन’ ले आम्दानीको श्रोत खाेसिएपछि प्रदेश २ को सरकारले कृषकहरूकाे ब्याज तिर्नेसहित विभन्न राहत उपलब्ध गराउने निर्णय गरेकाे छ। किसानले बैंक, वितिय संस्था वा सहकारी संस्थाबाट लिएको ऋणको व्याज प्रदेश सरकारले चुक्ता गर्ने निर्णय भएको हाे ।

    मन्त्री परिषद्को बैठकले कृषि कर्मको लागि किसानहरुले पाँच लाखसम्म लिएको ऋणमा अधिकत्तम १२ प्रतिशत सम्म ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने भएको छ। ५ लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशत व्याजदरमा ५० प्रतिशत, १५ देखि ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋण कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा सरकारले तिर्ने भएको छ। यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।



    कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए । प्रदेश सरकार मन्त्रिपरिषदको सम्पन्न बैठकले उपचारकार्यमा संलग्न निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।



    प्रदेश २ को प्रमुख आम्दानीको श्रोत कृषि कोरोना (कोभिड-१९) बाट प्रभावित भएपछि चार ४ महिनाको व्याज प्रदेश सरकारले चुक्ता गर्ने निर्णय गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार