Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पत्रकारलाई लागूऔषध मुद्दामा फसाउने घुमुवा प्रहरी निलम्बित, एसपीलाई उन्मुक्ति

    पत्रकारलाई लागूऔषध मुद्दामा फसाउने घुमुवा प्रहरी निलम्बित, एसपीलाई उन्मुक्ति

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 3.6K
    SHARES

    काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो गल्ती लुकाउन एक पत्रकारलाई लागूऔषध मुद्दामा फसाएको पुष्टि भएको छ।

    चौतर्फी बिरोधपछि पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ । असई उदयप्रसाद यादव र जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले वताए।



    प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिए लगत्तै प्रदेश प्रहरी कार्यालयले असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरेको हो ।



    साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो ।

    घुमुवाको योजनामा  लागूऔषध राख्ने धिरज यादव र जितेश यादवलाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ ।

    गत शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको सेटिङमा स्थानिय अनलाइनका पत्रकार मोहम्मद मोजिबल्लाहलाई लागूऔषध राखेर फसाइएको घटना बाहिर आएको थियो । उनीहरुले पत्रकार मोहम्मदको मोटर साइकलमा लागूऔषध राख्दै गरेको भिडियो फूटेज नै सार्वजनिक भएको थियो। तर, हालै सार्वजनिक भएको एक अडियो रेकर्डमा भनिएको छ, ‘सीसी टीभी भिडियो रहेछ, एउटा असई सापलाई ल्याएको छु, डिलिट गराउन।’

    रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

    अडियो रेकर्डमा घुमुवा प्रहरी असई यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ यसले घटनामा प्रहरीको संलग्नतालाई उजागर गरेको पत्रकारहरुको भनाइ छ।

    पत्रकार फसाउने प्रहरी रौतहटका एसपी  शाहका घुमुवा हुन् । शाह असुलीमा बदनाम मानिन्छन्। ती घुमुवाको गलत क्रियाकलापको बारेमा पत्रकार मोहम्मदले स्थानिय अनलाइनमा समाचार लेखेका थिए । शाहकै निर्देशनमा पत्रकारलाई लागूऔषध हालेर फसाइएको खुलेको छ।

    यस घटनापछि पत्रकार महासंघ रौतहटले नियोजित रुपमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाउन खोजिएको भन्दै कारबाहीको माग गरेको छ । साथै, रौतहट अध्यक्ष प्रेमचन्द झाले शनिबार नै विज्ञप्ति निकाल्दै ती प्रहरीलाई निलम्बन गरि कारबाहीको माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार