Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कोरोनाको उपचारका लागि मलेरियाको औषधि प्रभावकारी

    कोरोनाको उपचारका लागि मलेरियाको औषधि प्रभावकारी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

    दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् ।



    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आउनु भएको छ समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको २ पटक ४ सय एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि २ देखि ५ दिनसम्म २ सय एमजी औषधि दिनको २ पटक (आठ डोज) दिइने छ ।



    बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए । गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार