Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनकाे उलङ्घन गरी लमजुङ– तनहुँ जिल्लामा आवतजावत

    लकडाउनकाे उलङ्घन गरी लमजुङ– तनहुँ जिल्लामा आवतजावत

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडाैँ। कोरोना भाइरस सङ्क्रमणबाट बच्न र रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका बेला लमजुङ– तनहुँका छिमेकी गाउँमा निर्वाधरूपमा आवतजावत गरेको पाइन्छ ।

    शहरबजारमा लकडाउनको पूर्णरूपमा पालना भए पनि ग्रामीण भेगमा भने एक जिल्लाबाट अर्को जिल्लामा दैनिक कामकाज, किनमेल, दैनिक उपभोग्य वस्तु तथा खानेपानीका लागि भन्दै स्थानीयवासी आवतजावत गरिरहेका छन् ।



    मानिसहरु तनहुँको रुपाकोट, मानेचौका, पुतीबजार, टुहुरे पसल, ढादफेदी, बासखर्कलगायतका ग्रामीण भेगबाट लमजुङतर्फ आउने गरेका छन् । लमजुङको पाउँदी बजार, रम्घाटार, न्यौपाने गाउँलगायतका गाउँबस्तीबाट तनहुँतर्फ जाने गरेका छन् ।



    त्यस्तै, रिस्तीखोला करिडोरका लमजुङतर्फ जिता, देउराली, बगुवा, जिताबेँसी, खहरे, सोतीपसल, चर्दीबजार, दुइपिप्ले बजारलगायतका बस्तीका बासिन्दा तनुहँ जाने गर्दछन् । सोही करिडोरका तनहुँतर्फ तार्केखोला, सोतीबेँसी, साखुली, सत्रसयलगायतका गाउँबस्तीबाट लमजुङमा आवतजावत गरिरहेका छन् ।

    विषेशगरी दुई जिल्ला जोडिएको सिमनाका बासिन्दा एक–अर्को जिल्लामा आवतजावत गरिरहेको स्थानीयवासीको भनाइ छ । सुन्दरबजार नगरपालिका–६ का वडाध्यक्ष रघु मिश्रले सामानहरु पनि ल्याउनुपर्ने भएकाले सिमानामा रोकतोक नगरिएको बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार