Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्लास्टिक सर्जरी गरेर सुन्दरता गुमाएका बलिउड अभिनेत्रीहरु

    प्लास्टिक सर्जरी गरेर सुन्दरता गुमाएका बलिउड अभिनेत्रीहरु

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 3K
    SHARES

    एजेन्सी । बलिउड नायिकाहरु अभिनय मात्र नभई सुन्दरताको कारण पनि चर्चामा हुने गर्छन्। फेसन, सुन्दरता र अभिनयले गर्दा नै बलिउड अहिलेको स्थानमा पुगेको हो।

    बलिउडमा रहेका नायिकाहरु विश्वकै सुन्दर नायिकाहरुको सूचीमा पर्ने गर्छन्। आकर्षक आँखाले सुन्दरतालाई सिधै परिस्कृत गर्छ। फिल्म नगरीमा जे देखाउन सकियो त्यो नै बिकाउन सकिन्छ। यहाँ सुन्दरताले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।



    त्यसैले त बलिउड नायिकाहरू आफूलाई अरूभन्दा सुन्दर देखाउन अनेक तौरतरिका अपनाउने गर्दछ। बलिउडका अधिकांश नायिकाहरूले प्लास्टिक सर्जरी गरेर आफूलाई बेग्लै देखाउन खोज्छन् तर प्लास्टिक सर्जरी सधैं सफल हुन्छ भन्न सकिन्न।



    कतिपय अवस्थामा यस्तो सर्जरी बिग्रेर नकारात्मक असर पनि पर्ने गर्दछ। आज हामी यहाँ प्लास्टिक सर्जरी फेल भएर कुरुप देखिने बलिउड नायिकाहरूको बारेमा चर्चा गर्ने छौ।

    श्रीदेवी आज हामीसामु छैनन् तर उनको अभिनय र नृत्यलाई हामी कसैले पनि भुल्न सक्दैनौं। श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो। उनले आफ्नो पहिलो करियरको शुरुवात चार वर्षको उमेरमा तमिल फिल्म ‘कन्धन करुणई’ मा बालकलाकारबाट गरेकी थिइन्। सबैको मुटुमा बस्न सफल श्रीदेवीले आफ्नो चुलबुले अन्दाजमा सबैको ध्यान तानिन्। उनी यति सुन्दर थिइन्, मानिसहरू उनको तारिफ गरेर थाकेनन्।

    पछिल्लो समय उनले ओठ र नाकको सर्जरी गरेकी थिइन्। यसले उनको सुन्दरतालाई निखार्नुको साटो अझै बिगारेको थियो। भनिन्छ, सर्जरीका कारण उनलाई हाँस्नमा पनि निकै समस्या हुने गर्दथ्यो।

    बलिउडको आकर्षक जोडीको रुपमा चिनिने विरुष्काकी अनुष्का शर्मा फिल्म ‘रब ने बना दि जोडी’ बाट बलिउडमा प्रवेश गरेकी थिइन्। उनले यो फिल्मबाट धेरै प्रशंसा कमाएकी थिइन्। निकै क्युट देखिने उनको अनुहारलाई धेरैले रुचाएका थिए।

    पछि उनले प्लास्टिक सर्जरी गरेर त्यो क्युट अनुहारमा भद्दापन ल्याएर ट्रोल्को सिकार बनिन्। सर्जरीपछि उनको अनुहार पुरै बदलिएको छ। ओठ पहिलेभन्दा निकै ठुला र बाङ्गा देखिन्छ। तर पनि उनका फिल्महरुले बक्स अफिसमामा राम्रो नै कमाइ गर्दै आएको छ।

    थोरै फिल्म खेलेर पनि अन्य दिग्गज कलाकारको जति चर्चा पाउने नायिका हुन् आयशा टाकिया। फिल्म ‘वान्टेड’मा सलमानसँग देखिएकी आयशाको रूप र अभिनयको चर्चा निकै भएको थियो। तर उनी बिहे गरे पछि गुमनामजस्तै भइन्।

    सबैलाइ चासोको विषय थियो आयशा कहाँ गईन। तर एक समारोहमा दउनलाई देख्दा सबैजना अचम्मित भएका थिए। त्यसपछि उनि ओठको कारण एकाएक उनी चर्चामा आइन्।

    उनी यति धेरै बदलिएकि थिइन् कि उनलाई चिन्न नै मुस्किल पर्यो। उनी केटीभन्दा केटा धेरै देखिइन्। आयशाको त्यस्तो क्युट अनुहार डरलाग्दो देखियो। आफ्नो हुदा हुदैको सुन्दर अनुहार सर्जरीको कारण गुमाइन्। जसका कारण आज पनि उनका ओठ सुन्निएका र निकै कुरुप देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार