Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सभामुख सापकोटा र एमाले सांसदहरुबीच चर्काचर्की, कार्यकक्ष नै नआई भागेको आरोप

    सभामुख सापकोटा र एमाले सांसदहरुबीच चर्काचर्की, कार्यकक्ष नै नआई भागेको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गर्न पुगेका नेकपा एमालेका सांसदहरु धर्ना स्थगित गरेर बाहिरिएका छन् ।

    गत भदौं १ गते पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई सभामुख सापकोटाले संरक्षण गरेको र पदमुक्त नगरेको भन्दै शुक्रबार एमालेका सांसदहरु उनको कार्यकक्षमा पुगेका थिए ।



    तर, एमाले सांसदहरुले आफ्नो कार्यकक्षमा घर्ना दिएको खबर पाएपछि सभामुख सापकोटा कार्यालयमा उपस्थित नभएको बताइएको छ।



    लामो समय कुरेर बस्दा सभामुख नआएपछि उनलाई एमाले सचेतक शान्ता चौधरीले फोन गरेको तर, उनले आज आफू कार्यालय नआउने जानकारी गराएको चौधरीले बताईन्।

    ‘सभामुखले हिजो मेरो ध्यानाकर्षण भएको छ भनेर आश्वासन दिनुभएको थियो, सूचना टास्ने आशय व्यक्त गर्नुभएको थियो,’ चौधरीले भनिन्, ‘बिहान पनि मैले सोधेको थिएँ। तर, आज उहाँ भाग्नुभयो।’

    सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए ।

    यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो।

    एमालेले भदौ १ गते माधवकुमार नेपालसहित नेताहरु मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार