Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माधव नेपाल पक्षका नेता निरन्जन झा रेल्वे कम्पनीको महाप्रवन्धकमा नियुक्त

    माधव नेपाल पक्षका नेता निरन्जन झा रेल्वे कम्पनीको महाप्रवन्धकमा नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.9K
    SHARES

    जनकपुरधाम । सरकारले रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा नेकपा एमाले समाजवादी (नेता माधव नेपाल पक्ष)का नेता निरञ्जन झालाई नियुक्त गरेको हो।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।



    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए । त्यसपछि नयाँ महाप्रबन्धक नियुक्तीका लागि बाटो खुलेको थियो ।



    महाप्रबन्धकमा झाको नियुक्तिसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधवकुमार नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ ।

    यस्तै, सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार