Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमाले सांसदहरुद्वारा सभामुख सापकोटाको कार्यकक्ष घेराउ

    एमाले सांसदहरुद्वारा सभामुख सापकोटाको कार्यकक्ष घेराउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गरेका छन् ।

    नेकपा एमाले सांसदहरुले पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न दवाव दिंदै कार्यकक्ष घेराउ गरेको जनाएका छन्।



    शुक्रबार एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायतका नेताहरु  सभामुखको च्याम्बर घेराउ गर्न पुगेका हुन्।



    एमालेले भदौ १ गते माधवकुमार नेपालसहित नेताहरु मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार