Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कोरोना भाइरसको औषधि पत्ता लाग्यो: ट्रम्प

    कोरोना भाइरसको औषधि पत्ता लाग्यो: ट्रम्प

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 8.5K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको बताएका छन् ।

    ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी औषधि उत्पादन गरेको बताए । उनले सो औषधिको मानवीय परीक्षण चाँडै सुरु हुने पनि बताए ।



    ट्रम्पले ब्रिफिङका क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताए । अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडीए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए । उपराष्ट्रपति माइक पोम्पेओले अहिले दैनिक १ लाखको कोरोना परीक्षण भइरहेको जानकारी दिए । उनले यो परीक्षणलाई अझै बृहत रुपमा अघि बढाउन कोशिस भइरहेको जानकारी पनि सो क्रममा दिए ।



    कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार ५५६ पुगेको छ ।अहिलेसम्म अमेरिकामा करिब २५ हजार ९ सय २८ संक्रमित निको भइसकेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार