Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • तालिबानले स्वतन्त्रता दिवस मनाइरहेको भीडमाथि गोली वर्षायो : कम्तीमा २ जनाको मृत्यु

    तालिबानले स्वतन्त्रता दिवस मनाइरहेको भीडमाथि गोली वर्षायो : कम्तीमा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी – अफगानिस्तानमा तालिबानले चलाएको गोली लागेर कम्तीमा २ जनाको ज्यान गएको छ। असादावादमा स्वतन्त्रता दिवस मनाइरहेका माथि तालिबानी लडाकुले गोली चलाएका हुन्।

    स्वतन्त्रता दिवस मनाउन भेला भएको भीडमाथि तालिबानी लडाकुहरुले गोली चलाउँदा कम्तीमा २ जनाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यसैगरी जलालावादमा स्वतन्त्रता दिवसका अवसरमा अफगानी झण्डा फहराइरहेका व्यक्तिमाथि लडाकुहरुले गोली चलाएका छन्।



    उक्त स्थानमा एक पूरुष र एक किशोर घाइते भएका छन्। अल जजिराका अनुसार झण्डाको विषयलाई लिएर काबुलमा तालिबानी लडाकु र सर्वसाधारणबीच विवाद भएको थियो।



    सडकमा हिँडिरहेका सर्वसाधारणले अफगानिस्तानको पुरानो झण्डा बोकेका थिए, तालिबानले यसमा आपत्ति जनाएपछि उनीहरुले यही झण्डा नै आफ्नो पहिचान रहेको बताएका थिए। त्यसपछि विवाद चर्किएको थियो।

    अहिले काबुल विमानस्थलबाट मानिसहरुले अफगानिस्तान छाड्ने क्रम पनि चलिरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै अमेरिकी नागरिकले अफगानिस्तान नछाडेसम्म विमानस्थलमा आफ्ना सैनिक कायमै रहने बताएका छन्।

    तालिबानी लडाकुहरुले विभिन्न स्थानमा गोली चलाइरहेका छन्। तर तालिबानी नेताहरु भने कसैको ज्यान नदिने भाषण दिइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार