Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपाली नागरिकता कीर्ते गरेर ठगीको संयन्त्र फैल्याउने भारतीय नागरिक पक्राउ

    नेपाली नागरिकता कीर्ते गरेर ठगीको संयन्त्र फैल्याउने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 3K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखा काठमाडौँले नक्कली कागजात बनाएर ठगीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली घर भई हाल ललितपुर महालक्ष्मी बस्ने ३९ बर्षीय शेर सिंह भन्ने रवि कुमार सिंह रहेका छन् ।



    महाशाखाका अनुसार पक्राउ परेका सिंहले नक्कली नेपाली नागरिकता बनाएर नेपालको विभिन्न जिल्लाहरू (कैलाली, सुर्खेत) को ठेगाना बताउदै विभिन्न व्यक्तिहरुलाई ठगेका थिए।



    महाशाखाका अनुसार ठगीको विवरण:-

    क. जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. ८ बस्ने हरी मल्ल र ऐ.ऐ. बस्ने महेन्द्र कुमार श्रेष्ठलाई बुटवल-नाराणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको Sub-Contract छ भनी China State Construction Engineering Corporation Limited ( CSCEC) को कागजात देखाई अञ्जली कन्स्ट्रक्सन र रवि कुमार सिंहको साझेदारी हो भनी हामीसँग लगानी गरेमा मुनाफाको ४०% तपाईँहरूले पाउने भनी हामीलाई विश्वास दिलाई हामीबाट रु.४३,७३,०००/- (अक्षेरुपी त्रिचालिस लाख त्रिहत्तर हजार रुपैँया) लिई हामीलाई विश्वास दिलाउन खातामा पैसा नभएको कुमारी बैंकको चेक दिई ठगी गरेको,

    ख. जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक न.पा. वडा नं. ६ बस्ने अनिल गुरुङ भन्ने कृष्ण बहादुर गरुङलाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनी निजको बा १२ च ३८५९ नं. को Swift Dzire कार मासिक रु.९०,०००/- भाडा दिने भनी २०७६ बैशाखमा लगी सम्पर्क विहिन भई उक्त कार जिल्ला भक्तपुर भक्तपुर न.पा. वडा नं. १५ हाल का.जि.का.म.न.पा. वडा नं. ३१ बस्ने प्रदिप रायलाई यो कार मेरो आफ्नै हो र यसको सवारि दर्ता किताब मसँगै छ मलाई पैसाको खाँचो परेकोले कार र ब्लुबुक धितो बन्धकी राखी रु. ८,३५,०००/- दिनुहोस् भनी नक्कली ब्लुबुक देखाई निज प्रदिप रायलाई ठगी गरेको,

    ग. चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं. को Dominaar-400 सिसीको मोटरसाइकल रु.३,३०,०००/- मा खरिद गर्ने भनी रु.३०,०००/- दिई बाँकी पैसा पछि दिन्छु भनी मिति २०७७।०९।२९ गतेबाट सम्पर्क विहिन भई ठगी गरेको,

    घ. जिल्ला धनुषा जनकपुरधाम उ.प.म.न.पा. स्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिप कुमार साहलाई Royal Hydro Construction Pvt. Ltd. को म्यानेजिङ डाइरेक्टर हुँ भनी भिजिटिङ कार्ड समेत देखाई Maruti Suzuki कम्पनीको प्रदेश-३-०१/ ०२३ च ००५० नं. को Brezza कार मासिक रु.१,५०,०००/- भाडा दिन्छु भनी लगी सम्पर्क विहिन भई ठगी गरेको उक्त कार अभियुक्त रवि कुमार सिंह सहित प्रहरीले नियन्त्रणमा लिईएको,

    ङ. का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट स्थित Royal Hydro Construction Pvt. Ltd. को नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष हुँ भनी विभिन्न व्यक्तिहरूलाई करिब रु.१,००,००,०००/-(एक करोड रुपैयाँ) ठगी गरेको भनी जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं. १ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने Royal Hydro Construction Pvt. Ltd. का संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर शाही र प्रेम बहादुर शाहीले यस कार्यालयमा निवेदन दिइएको।

    पक्राउ परेका सिंहलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार