रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोमा परी एकैघरका ३ जनाको ज्यान गएको छ। कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो।
पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए। त्यस्तै पहिरोमा परी एक जना बेपत्ता भएका छन्।
नौकुण्ड गाउँपालिका–५ मा अर्का एक बच्चाको खोजीकार्य जारी रहेको बताइएको छ। श्यामबहादुर पनि घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पहिरो बिहान करिब साढे ३ बजेतिर गएको हो।
Leave a Reply