Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • साउथ फिल्मका कीर्तिमानी कमेडियन ब्रह्मानन्दम : यसरी बने विश्वकै चर्चित स्टार

    साउथ फिल्मका कीर्तिमानी कमेडियन ब्रह्मानन्दम : यसरी बने विश्वकै चर्चित स्टार

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 2.2K
    SHARES

    एजेन्सी – साउथ इन्डियन अर्थात दक्षिण भारतीय चलचित्रहरुमा एउट अनुहार नभई कथा कतै अपुरो त छैन जस्तो भान हुन्छ। दक्षिण भारतीय चलचित्रहरुमा प्रायः देखिने एउटा अनुहार जो अत्यन्त चर्चित छ।

    ती चर्चित हाँस्य कलाकारको नाम हो ब्रह्मानन्दम। यो नाम सुन्नु भएको छैन भने पनि उहाँको फिल्म पक्कै पनि कतै न कतै हेरेको नै हुनुपर्छ।१ फेब्रअरी १९५६ मा आन्ध्रप्रदेशको गुन्टूर जिल्लामा जन्मिएका ब्रह्मानन्दमले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सबैभन्दा धेरै फिल्म खेल्ने कलाकारको पहिचान बनाएका छन्।



    उनलाई साउथका ‘कमेडी किंग’ भन्ने गरिन्छ। उनले लगभग अहिले सम्ममा १६ सयभन्दा धेरै फिल्म गरेका छन्।ब्रह्मानन्दमको पहिलो फिल्म सन् १९८६ मा ‘चुत्तालाबबाई‘ प्रदर्शनमा आएको थियो। अभिनयमा निपूर्ण मानिने उनको प्रारम्भिक शिक्षा सातेनापल्ली जिल्लाको मुपलला गाउँमा भएको थियो।



    सानै उमेर बाट अरुको नक्कल गर्ने उनी कलेजमा लेक्चररसँगै आफ्ना विद्यार्थीहरुलाई कमेडी गर्न र मिमिक्री गर्न पनि सिकाउने गर्दथे। कलेजमा कुनै विशेष कार्यक्रम भयो भने उनी कलेजका सर अनि नेताहरुको क्यारिकेचर गरेर सबैलाई हँसाउने गर्दथे।

    पारिवारिक पृष्ठभुमि हेर्ने हो भने उनी अभावमै हुर्केका हुन्। परिवारलाई सहयोग गर्नका लागि उनले शिक्षक पेशा अंगालेका थिए। पोस्ट ग्रेजुएशन गरेपछि एक कलेजमा उनले तेलुगू लेक्चररको रुपमा काम गरे।

    अभिनयमा रुचि राख्ने उनी शिक्षण पेशालाई त्यागेर चलचित्र क्षेत्रमा लागेका थिए। खासमा उनी कमेडियन हुन् तर ब्रह्मानन्दमले पाउने पारिश्रमिक भने कुनै सुपरस्टारकोभन्दा कम छैन। उनी साउथ इण्डियामा सबैभन्दा बढी कमाउने अभिनेताको सूचीमा पर्छन्।

    उनको पारिश्रमिक नै थुप्रै सुपरस्टारहरुको भन्दा बढी हुने गरेको छ। पछिल्लो समय भने स्वास्थ्य अवस्थाका कारण उनले खासै फिल्ममा अभिनय गरेका छैनन्। ६५ वर्ष पुगेका उनी विस्तारै नयाँ चलचित्रहरुमा कम देखिन थालेका छन्।

    सन २००९ तिर औसत ४० चलचित्रमा देखिएका उनी २०१५ मा २२ चलचित्रमा देखिएका थिए। २०१९ मा करिब ८ वटामा चलचित्रमा मात्र देखा परेका थिए। उनी साउथ इण्डियनमा सबै अवार्डबाट सम्मानित भइसकेका छन्।

    सन् २००९ मा भारत सरकारले ब्रह्मानन्दमलाई पद्मश्री अवार्ड प्रदान गरेको थियो। यति मात्र हैन उनलाई फिल्मफेयर अवार्ड, नन्दी अवार्ड, ६ सिनेमा अवार्ड तथा बेस्ट कमेडीको लागि साउथ इण्डियन इन्टरनेश्नल मुभी अवार्डसमेत प्रदान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार