Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाहले उडाए तालिबानीको निन्द्रा, दिए यस्तो चेतावनी

    अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाहले उडाए तालिबानीको निन्द्रा, दिए यस्तो चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 7.4K
    SHARES

    एजेन्सी । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहले विद्रोही समूह तालिबानलाई कडा चेतावनी दिएका छन्। उनले आफू देशको कार्यबाहक राष्ट्रपति भएको दाबी गरेका छन्।

    उपराष्ट्रपति सालेहले यसमा संवैधानिक व्यवस्थाबारे पनि जानकारी गराएका छन्। अफगानिस्तानको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थिति, पलायन वा राजीनामाका कारण देशमा कुनै राष्ट्रपति छैन भने पूर्व उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति बन्ने उनले बताएका छन्।



    ‘अफगानिस्तानको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थिति, राजीनामा, मृत्यु वा पलायनको अवस्थामा पूर्व उपराष्ट्रपति कार्यबाहक राष्ट्रपति बन्नेछन्। म हाल मेरै देशभित्र रहेको छु यसकारण कार्यबाहक राष्ट्रपति हूँ। म सबै नेतासँग समर्थन र आम सहमति लिने प्रयासमा जुटिरहेको छु,’ उनले ट्विटरमा भनेका छन्।



    यसअघि राष्ट्रपति अशरफ गनीसँग देश छाडेर भागेका भनिएका उपराष्ट्रपति सालेहले आफूलाई काबुलमै रहेको दाबी गरिरहेका छन्। आइतबार तालिबानले राजधानी काबुल कब्जा गरेपछि राष्ट्रपति गनीले देश छाडेका थिए। त्यसपछि अफगानिस्तान हाल पूर्णरुपले तालिबानको कब्जामा रहेको छ। उसले त्यहाँ आफ्नो शासन शुरु गरिसकेको छ।

    राष्ट्रपति गनी हाल युएईमा छन्। गनी र उनको परिवारलाई युएईले स्वागत गरी शरण दिएको छ। गनीले देशमा रक्तपात नहोस् भनी आफूले अफगानिस्तान छाडेको प्रतिक्रिया दिएका थिए। उनले जनताहरु सुरक्षित रहुन् र दुई पक्षीय भीडन्तमा थप मानवीय क्षति नहोस् भनी आफू देश बाहिरिएको बताएका थिए।

    हाल अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिक फिर्ता गरिरहेका छन्। त्रासका कारण उनीहरुले नागरिक फिर्ता गर्न लागेपछि तालिबानी नेताहरुले आफूहरुले कसैलाई हानी नगर्ने जानकारी दिएका छन्। सबै नागरिकहरुको सुरक्षा गर्ने बताउँदै उनीहरुले आफ्ना लडाकुलाई नागरिकको घरमा नजान आदेश दिइएको उल्लेख गरेका छन्।

    यसैबीच अफगानिस्तानका विभिन्न स्थानमा तालिबानविरुद्ध प्रदर्शन भइरहेको छ। कतिपय स्थानहरुमा दोहोरो भीडन्त पनि भइरहेका छन्। प्रदर्शनका क्रममा केही मानिसहरुले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार