काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता भट्टराईले यस्तो बताएका हुन् ।
राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको भट्टराईको टिप्पणी छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’
Leave a Reply