काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् ।
सरकारले २० प्रतिशत केन्द्रीय सदस्यहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाल समूहका सांसदहरु एकै ठाउँमा भेला भएका हुन्।
भेलामा नेता नेपालसहित उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन्। नेपाल समूहका एक सांसदका अनुसार आगामी योजनाबारे छलफल गर्न सो समूहका सांसदहरुको भेला भएको हो।
यसअघि नेपाल समूहका नेता मेटमणि चौधरीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा रहेकाे र छिट्टै सरकारमा सहभागी हुने बताएका थिए ।
नेपाल पक्षका एक नेताका अनुसार सरकारको उक्त निर्णयपछि उत्साहित बनेका नेता नेपालले अब नयाँ दल दर्ता प्रक्रिया सुरु गरिहाल्ने बताएका छन्।
राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएपछि नेपाल पक्षले नयाँ दल दर्ता गर्ने भन्दै नेता नेपालले मंगलबार आफू निकट केन्द्रीय सदस्यहरुलाई फोन गरेर चाँडै दल दर्ता गर्नुपर्ने हुन्छ तयारी अवस्थमा रहनुस् भनेको स्रोतले बतायो।
नयाँ दल दर्ताको अभियानमा रहेका नेता नेपाललाई उपाधयक्ष बामदेव गौतमले पनि साथ दिने देखिएको छ। बामदेव पत्नी तुलसा नेपाल पक्षको भेलामा सहभागी भएपछि नेपाललाई गौतमले साथ दिने पक्का जस्तै देखिएको छ।
Leave a Reply