Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पार्टी फुटाउने अध्यादेश प्रमाणीकरण गराउन शीतलनिवास पुगे देउवा, के गर्लिन् राष्ट्रपति भण्डारीले ?

    पार्टी फुटाउने अध्यादेश प्रमाणीकरण गराउन शीतलनिवास पुगे देउवा, के गर्लिन् राष्ट्रपति भण्डारीले ?

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेसँगै प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।



    बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निर्णय गरेको स्रोतको भनाइ छ।



    देउवानिकट उच्च स्तरिय स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा शीतल निवास पुगेका हुन्।

    यसैगरी सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि एमाले माधव नेपाल पक्षका नेताहरुले वानेश्वरमा भेला भएर आगामी रणनीतिबारे छलफल सुरु गरिसकेको सो पक्षका एक नेताले बताए।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा ओलीले पनि दलसम्बन्धी अध्यादेश ल्याएका थिए। राष्ट्रपति भण्डारीले स्वीकृत पनि गरेकी थिइन् तर चौतर्फी विरोधपछि फिर्ता गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार