Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अफगानिस्तानमा रहेका १२७ जना नेपाली कतार हुँदै काठमाडौं आइपुगे

    अफगानिस्तानमा रहेका १२७ जना नेपाली कतार हुँदै काठमाडौं आइपुगे

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । अफगानिस्तानमा रहेका १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् कतार हुँदै आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०ः१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् । उनीहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो ।

    अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।



    सुरक्षागार्डको रुपमा अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाउने एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले १२७ जना स्वदेश फर्किएको पुष्टि गरे ।



    नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलले नेपाल आइपुगेकाहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्ने र आजै एन्टिजेन्ट परीक्षण गरेर स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनुपर्नेलाई पठाइने र अरूलाई आइसोलेसनमा राखिने जनाएका छन् ।

     

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ । राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् । त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार