Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • इरानका उपराष्ट्रपतिलाई पनि कोरोना भाइरसको संक्रमण

    इरानका उपराष्ट्रपतिलाई पनि कोरोना भाइरसको संक्रमण

    एजेन्सी
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म हजारौंले ज्यान गुमाइसकेका छन् । चीनमा मात्रै झण्डै पाँच हजारको मृत्यु भएको समाचारहरु सार्वजनिक भएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका ४७ देशमा पुगिसकेको छ।

    त्यहि कोरोना भाइरसको संक्रमण इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा पनि देखिएको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन्। यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो।



    उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन्। इरानमा ४ उपराष्ट्रपति छन्। इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ। बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन्।



    उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताएका छन्। उनी इरानमा कोरोना संक्रमण हुने सातौँ उच्च अधिकारी हुन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी संक्रमित देखिएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार