Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • संसद् अधिवेशन अन्त्य, के-के प्रस्तुत भए ?

    संसद् अधिवेशन अन्त्य, के-के प्रस्तुत भए ?

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराए ।



    यही साउन ३ गते प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो । हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भए ।



    प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । यही साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार