Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • के डब्ल्यूएचओले चीनको साथ दिएकै हाे?

    के डब्ल्यूएचओले चीनको साथ दिएकै हाे?

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनको कडा आलोचना गरेका छन । उनले चीन संग मिलेर “डब्ल्यूएचओले गलत संदेश प्रवाह गरेको आरोप लगाए ।

    ट्रम्पले ट्विटर लेखेका छन , ‘केहि कारणले गर्दा अमेरिकाले ठूलो रकम प्राप्त गरे पनि धेरै चीन केन्द्रित हामी त्यसलाई राम्रो रूप दिनेछौं । भाग्यवस मैले डब्ल्यूएचओे सल्लाहलाई नमानिकन चीन भन्दा पहिला हाम्रो सिमालाई खुला राख्नको लागि अस्वीकार गरें । किन उनीहरूले हामीलाई त्यस्तो गल्ती सुचना दियो ?’ डब्ल्यूएचओले टिप्पणीको हाल सम्म कुनै प्रतिक्रिया दिएको छैन ।



    ३१ जनवरीमा संयुक्त राष्ट्रको स्वास्थ्य संगठनले यसको प्रकोपको बाबजुद देशहरूलाई सीमा खुला राख्न सल्लाह दियो । यद्यपि यसमा उल्लेख छ कि आफ्ना नागरिकहरूको सुरक्षाका लागि कदम चाल्ने देशहरूसँग अधिकार छ । त्यो दिन, ट्रम्पको प्रशासनले चीनबाट आउन प्रतिबन्ध लगाएकाे घाेषणा गरेका थिए।



    अमेरिकी रूढीवादीहरूले विश्वव्यापी महामारीको क्रममा डब्ल्यूएचओको बढ्दो आलोचना गरेका छन । डब्ल्यूएचओ कारोना भाईरस प्रकोपको बारेमा चीनबाट आएको दोषपूर्ण तथ्यांकमा निर्भर रहेको बताएका छन ।

    गत हप्ता रिपब्लिकन सेनेटर मार्को रुबियोले डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेबेरियससको राजीनामा माग गरेको थियो । उनले चीनलाई विश्व समुदायलाई भ्रमित पार्न डब्ल्यूएचओ प्रयोग गर्ने अनुमति दिएको कारण उनको राजीनामा माग गरिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार