काठमाडौं । नेपाल प्रहरीमा स्वच्छ छविको अधिकृत भनेर चिनिएका वागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी प्रकाशजंग कार्कीले जिल्लाका प्रहरी प्रमुखहरुलाई वाइपास गरेर असुली धन्दा शुरु गरेका छन् । स्रोतका अनुसार एसपीहरुलाई थाहा नदिई प्रदेशबाटै आफू अनुकुलका घुमुवा खटाएर डिआईजी कार्कीले वागमती क्षेत्रमा असुली थालेका हुन् ।
उनले प्रत्येक जिल्लामा पुगेर पैसा असुल्नका लागि प्रदेशबाटै घुमुवा खटाएका छन् । त्यतिमात्रै होइन डिआईजी कार्कीले प्रदेश २ र वागमती प्रदेशको सिमा नाका रातमाटेमा अवैध तस्करी भइरहँदा समेत आँखा चिम्लेर बसेका छन् ।
तस्करसँगको अबैध सेटिङमा अहिले मुख्य नाकामा अहिले कुनै पनि तस्करीका गाडी नरोकिने एक प्रहरी अधिकारी नै बताउँछन् । वागमती प्रदेशको मुख्य नाकामा रहेको सिसिटिभिको मोनिटरिङ्ग हुने हुँदा चोकजाँचका क्रममा तस्करी गाडी रोकिए भने प्रदेश कार्यालयबाट सिधै फोन गरेर छोड्ने निर्देशन समेत हुने गरेको ति प्रहरी अधिकारीले बताए ।
तस्करसँगको साँठगाँठले रातमाटेबाट पछिल्लो समयमा मोबाईल, कपडा, निर्माण सामाग्री सहित अवैध लागूऔषध समेत खुलेआम ओसारपसार भईरहेको छ ।
अहिले प्रदेशभरी नै खुलेआम गिटी बालुवाको तस्कारी भइरहेको छ । त्यसमा उनले कुनै कडाई गरेका छैनन् । उनी डिआइजी भएर आएपछि राजमार्ग क्षेत्रमा अहिले दिनदहाडै टिपरका लाइन लगाएर मोलमोलाइ हुने गरेको छ ।
हुनत चितवनको सेना हत्या काण्डमा पनि डिआइजी कार्की विवादमा मुछिएका थिए । उक्त घटनामा फेला परेको हतियारका कारण सेनाको कोटमार्सल नै न्याय संगत नदेखिने भएपछि सेनासँगको मिलेमतोमा सेनालाई जोगाउन हत्याकाण्डमा भेटिएको हतियार साट्ने चलखेल गरेको उनीमाथि आरोप छ ।
केपी ओली नेतृत्व सरकार हुदाँ वागगमी प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई रिझाएर प्रदेश प्रमुख हुन सफल भएका उनी एकपछि अर्को विवादमा तानिदै आएका छन् ।
मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लामा वर्षातको समयमा पनि अबैध गिटी बालुवा तस्कारी भइरहेको स्थानियहरुले गुनासो गरेका छन् । त्यसैगरि रसुवा र सिन्धुपाल्चोक नेपाल चीन सिमा नाकामा समेत उनले आफू अनुकुलका प्रहरी राखेर तस्करीको लाइन मिलाएको आरोप छ ।यसबारेमा डिआईजी कार्कीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
Leave a Reply