काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्कालाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्।
प्रधानमन्त्री देउवालाई भेट्न पारस बालुवाटार पुगेका थिए । सोही अवसरमा प्रधानमन्त्री देउवाले पारसलाई बधाइ तथा शुभकामना दिएका हुन् ।
देउवाले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखेका छन्–‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’
दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ। pic.twitter.com/yqOAVENHsZ— Sher Bahadur Deuba (@SherBDeuba) August 14, 2021
Leave a Reply