Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पार्टीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव

    पार्टीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्नुपर्ने प्रस्ताव ल्याएका छन्।

    आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।



    प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका एजेन्डाबारे जानकारी दिँदै सम्मेलन पुसमा गर्ने प्रस्ताव अध्यक्षले ल्याएको बताए। उनका अनुसार बैठकले पहिले कार्यसूची पारित गरेको छ।



    सुरूमा राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने, राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएका छन् । राजनीतिक प्रतिवेदन र विधान संशोधन छलफल गर्न केन्द्रीय सदस्यहरूमाझ आठ वटा समूह बनाइएको छ।

    त्यो समूहले आइतबार ११ बजे बस्ने बैठकमा छलफलको निष्कर्ष पेश गर्ने छ।

    प्रस्तावमा भनिएको छ–‘जातीय÷क्षेत्रीय मोर्चाहरु पूँजीवादी जनवादी क्रान्तिका साधनहरु हुन् । सामन्तवादका अवशेष र दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्दै स्थापित अधिकारहरुको कार्यान्वयन, सुदृढीकरण एवम् समाजवादका लागि पृष्ठभागीय शक्तिका रुपमा जनमसुदायलाई प्रशिक्षित गर्ने, परिचालन गर्ने र पार्टीलाई व्यापक जनमसुदायसँग जोड्ने माध्यमको भूमिकामा जातीय÷क्षेत्रीय मोर्चाहरु हुनेछन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार