Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • महामारीको बेला डिउटीमा खटिने प्रहरीको तलव कट्टा गर्ने निर्णयको बिरोध

    प्रहरीको पैसा काटेर चर्चा कमाउन खोज्दा आईजीपी बिबादमा

    प्रहरीको पैसा काटेर चर्चा कमाउन खोज्दा आईजीपी बिबादमा

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 10.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कारोनो भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउनको समयमा सडकमा खटेर सेवा दिइरहेका प्रहरीहरुकै तलव काट्ने निर्णय गर्दा प्रहरी महानिरीक्षक आईजीपी ठाकुरप्रसाद ज्ञवाली विवादमा तानिएका छन् । आईजीपी  ज्ञवालीले चर्चा कमाउनकै लागि प्रहरीहरुकै तलव काट्ने निर्णय गरेको टिप्पणी हुन थालेको छ।

    प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) भन्दा माथिल्लो दर्जामा कार्यरतहरुको ३ देखि ७ दिनसम्मको तलब काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।



    बुधबार पठाइएको पत्रमा वैशाख महिनाको तलबबाट कट्टा गरी सो रकम जम्मा गर्न भनिएको छ। सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि संगठनले भने तलब कट्टा गर्न पत्राचार गरेपछि आईजीपी ज्ञवाली मात्रै विवादमा परेनन् , सरकार नै विवादमा तानिएको छ ।



    लकडाउनका बेला सरकारले आम सर्वसाधरणलाई घर बाहिर निस्कन बन्देज लगाएको छ । तर, नेपाल प्रहरी भने आफ्नो ज्यानको सुरक्षाको प्रवाह नगरी २४ घण्टा नै सेवामा खटिरहेका छन् ।

    यद्यपी एउटा मास्को भरमा सेवा दिइरहेकाहरुको तलव कट्टा गर्ने निर्णयको चातर्फी रुपमा विरोध भइसकेको छ ।

    त्यसो त नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले सांसद विकास कोषको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सुझाव दिंदै बरु सुरक्षाकर्मीहरुको तलव बढाउन आग्रह गरेका छन् ।

    उनले आज एक ट्वीट गर्दै भनेका छन्–‘महासंकटको यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं।’

    महामारीको बेला पनि सामाजिक सन्जालमा डिउटीमा खटिने प्रहरीको तलव कट्टा गर्ने निर्णयको ठुलो बिरोध भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार