एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि त्यहाँ विद्रोही समूह तालिबानको प्रभाव बढिरहेको छ। देशका मुख्य स्थानहरुमा कब्जा जमाउँदै तालिबान आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ।
तालिबानसँग युद्ध चलिरहेका बेला अफगानि राष्ट्रिपति अशरफ गनीले पदबाट राजीनामा दिनसक्ने खबरहरु बाहिरिएका थिए। तर, अफगानि सरकारले विद्रोहीसँग डटेर सामना गर्ने तयारी गरेको छ।
समाचारमा उल्लेख गरिएअनुसार राष्ट्रपति गनीले राजीनामा दिने छैनन्। शुक्रबार गनीले राष्ट्रिय सुरक्षा निकायसँग बैठक आयोजना गरेका थिए। बैठकमा तालिबानविरुद्ध सशक्त भएर लड्ने निर्णय भएको छ।
देशमा तालिबान दिनानुदिन बलियो हुँदै गएको छ। युद्धकाक्रममा तालिबानले ठूला शहरहरु आफ्नो नियन्त्रणमा लिइसकेको छ। त्यसबाहेक केही सरकारी अधिकारीहरुलाई पनि विद्रोही समूहले आफ्नो कब्जामा पारेको छ। अफगानका कंधार, गजनी, हेरात आदि शहरहरुमा तालिबानको पूर्ण दबदबा रहेको छ।
हालसम्म तालिबाने १२ प्रान्तीय राजधानीहरुमा आफ्नो पडक बनाइसकेको छ। ती स्थानहरुमा सरकारले हार नमानेको बताइएको छ र दुई पक्षीय भिडन्त जारी छ। अफगान सरकारले विद्रोहीसँगको लडाइँ जारी राख्ने बताएको छ।
उपराष्ट्रपति अमरुल्लाह सालेहले शुक्रबार राष्ट्रिपतिको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा बलको बैठकमा विद्रोहीविरुद्ध शक्तिशाली भएर उभिने र देशलाई मजबुत बनाउन सबै प्रयासहरु गरिने जानकारी दिएका छन्।
Leave a Reply