Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रतिनिधिसभा बैठक

    माओवादी सांसद महतको प्रश्न – कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

    माओवादी सांसद महतको प्रश्न – कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन:नियुक्ति गरेकोमा प्रश्न उठाएका छन्।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद महतले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गरे ?



    ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले प्रश्न गरे ।



    यसअघि प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरिसकेका कुलमानलाई सरकारले पुन: विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

    यस्तै, सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन आवश्यक रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार