Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • फिफा वरियतामा नेपाल यथावत् रहन सफल

    फिफा वरियतामा नेपाल यथावत् रहन सफल

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडाैँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।

    दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।



    भुटान १८९औँ स्थानमा छ भने बङ्गलादेश १८७औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार