Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • यस वर्षको अन्त्यसम्म सीमा बन्द गर्ने न्युजिल्यान्डको निर्णय

    यस वर्षको अन्त्यसम्म सीमा बन्द गर्ने न्युजिल्यान्डको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । न्युजिल्यान्डले कोरोना भाइरस महामारी नियन्त्रण गर्ने र अर्थतन्त्र खुला गर्ने रणनीतिअनुरुप यो वर्षको अन्त्यसम्म सीमा बन्द गर्ने भएको छ ।

    न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले मुलुकको सीमा यो वर्षको अन्त्यसम्म सीमा बन्द रहने बताएकी हुन् ।



    जोखिमको तह हेरेर अर्को वर्षको सुरुवातदेखि क्वारेन्टाइन–फ्री यात्राको प्रबन्ध गर्ने तयारी भएको पनि उनले जानकारी दिइन् । सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने पनि सरकारको प्राथमिकता रहेको उनको भनाइ छ ।



    सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्रोसँग प्रभावित बनाइरहेको छ । तर न्युजिल्यान्डले भने कोरोना नियन्त्रण तथा रोकथामका लागि उल्लेखनीय कदम चालेको भन्दै प्रशंसा भइरहेको छ ।

    करिब ५० लाख नागरिक रहेको न्युजिल्यान्डमा अहिलेसम्म २६ जनाको मात्र कोरोना भाइरसबाट मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार