Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सिरियाले गरेको हवाई हमलामा २९ टर्किस सैनिकको मृत्यु

    सिरियाले गरेको हवाई हमलामा २९ टर्किस सैनिकको मृत्यु

    एजेन्सी
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । सिरियाले गरेको हवाई हमलामा परी टर्कीका २९ जना सैनिक मारिएको टर्कीका प्रान्तीय गभर्नरले जानकारी दिएका छन् ।

    सिरियाको इदलिबमा भएको सो हमलामा अन्य दर्जनौं सैनिक घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ ।



    द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन् । घटनापछि टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन्।



    रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इदलिब प्रान्त आफ्नो विद्रोहीको कब्जाबाट फिर्ता लिन कोसिस गरिरहेको छ । ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ।

    टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन् ।

    त्यस तर्फअघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ । तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गर्दै आएका छन् । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार