काठमाडौं । ‘स्टिङ अपरेशन’का क्रममा रंगेहात पक्राउ परेको पूर्वडिएसपी रमेशकुमार तामाङलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको छ।
तामाङ ५० हजार घुसहित पक्राउ परेका थिए। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गासम्बन्धी उजुरी विषयमा घुससहित पक्राउ गरेको थियो। पक्राउ परेपछि अनुसन्धान अघि बढाएको आयोगले सोही प्रमाणको आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०७३ साल मंसिर २६ गते विशेष अदालतले तामाङले लिएक रकम घुस नभइ दान दातव्य वा सहयोग लिएको ठहर गरेको थियो। विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई र सदस्य महेशप्रसाद पुडासैनीको इजलासले यस्तो निष्कर्ष निकाल्दै उनलाई ३ महिना कैद सजायको फैसला सुनाएको थियो।
विशेष अदालतको फैसलामा असन्तुष्टी जनाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो। अख्तियारले तामाङले दान भाई घुस नै लिएको दाबीसहित दिएको पुनरावेदमाथि २३ फागुन २०७३ मा फैसला सुनाउँदै सर्वोच्चले विशेष अदालतको फैसला सदर गरेको थियो।
मीनभवन क्याम्पसअगाडिको जग्गा विषयमा भक्तपुर सिरुटारका रामकृष्ण हुमागाईं र त्यहाँ बस्ने गणेशलाल अवालेबीच विवाद भएको थियो। विवादपछि अवालेले हुमागाईँमाथि गालीगलौज गरी उनको बेइज्जत गर्ने प्रयास गरेका थिए। त्यसपछि उनले प्रहरीमा अवालेले कारबाही गर्न उजुरी दिएका थिए। कारबाहीका लागि माग गर्दै महानगरी प्रहरी वृत्त, बानेश्वरमा उजुरी दिएपछि प्रहरीले घटनास्थलमा गई मुचुल्का उठाए पनि मुद्दा चलाएन।
कारबाही प्रक्रिया अघि नबढेपछि हुमागाईँले घटनाबारे प्रहरीसँग बुझ्ने निर्णय गरे। सोही बेला कारबाही प्रक्रिया अगाडि बढाउन डीएसपी तामाङले हुमागाईंसँग ५० हजार लिएका थिए।
Leave a Reply