एजेन्सी – लामो समयको अनिश्चिततापछि लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएका छन्। मेसी र पिएसजीबीच २ वर्षको सम्झौता भएको छ भने एक वर्षलाई विकल्पका रुपमा राखिएको छ।
हुन न लियोनल मेसीले बार्सिलोनासँगको सम्झौता सकिएपछि बार्सिलोना छाड्ने अनुमान त गरिएको थियो। तर, उनको बहिर्गमन अनपेक्षित भयो। गत सिजन शुरु हुनुअघि नै उनले क्लबबाट बिदा हुन चाहेका थिए। तर बार्सिलोनाले उनलाई सहजै जाने बाटो खुला गरिदिएन। त्यसपछि मेसी बाध्यात्मकरुपमा स्पेनमै बसे। तर क्लबमा नयाँ अध्यक्ष जोन लापोर्टा आएपछि मेसी बार्सिलोनामा नै बस्न सकरात्मक थिए।
त्यसैअनुरुप लामो समयको चर्चापछि मेसी बार्सिलोनामा नै बस्न राजी भए। त्यो पनि ५० प्रतिशत तबल कटौती गरेर। तर, ला लिगाको नियम र क्लबको आर्थिक स्थितिका कारण उनी नचाहँदै नचाहँदै क्याटलान क्लबबाट बाहिरिए। पत्रकार सम्मेलनमा मेसीलाई देख्दा जो कोहीले पनि मेसीको बार्सिलोना मोह सहजै देख्न सक्थ्यो।
३४ वर्षीय अर्जेन्टाइनले बार्सिलोना छाडेको औपचारिक घोषणा भएपछि धेरै क्लबहरु उनलाई लिन इच्छुक भए। यसमा सबैभन्दा तीव्ररुपमा पिएसजी अघि बढ्यो। उत्कृष्ट खेलाडीहरुको संगम रहेको पिएसजी नै मेसीले आफ्ना लागि उपयुक्त गन्तव्य ठानेँ र उनी क्लबमा अनुबन्धित भए।
मेसीले आउँदो शनिबार नै पिएसजीबाट आफ्नो पहिलो खेल खेल्दैछने। शनिबार घरेलु लिग वानमा पिएसजी र स्ट्रर्सबर्गको सामना गर्दैछ। उक्त खेल पिएसजीको घरेलु मैदान पार्क देस प्रिसेन्समा हुनेछ। नेपाली समयअनुसार राति १२ः४५ बजे हुने उक्त खेलमा मेसीले पिएसजीबाट डेब्यू गर्ने लगभग पक्का छ।
Leave a Reply