Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाभाइरसद्वारा यी बलिउड नायिका संक्रमित

    कोरोनाभाइरसद्वारा यी बलिउड नायिका संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.5K
    SHARES

    एजेन्सी । बलिउड नायिका तथा सह–निर्देशक जोया मोरानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जोया मोराना फिल्म निर्माता करिम मोरानीकी छोरी हुन् । गत हप्ता उनकी उनकी बहिनी शाजा मोरानीको रिपोर्ट पेजेटिभ आएपछि उनको परीक्षण गरिएको छ । कोरोनाभाइरसद्वारा संक्रमित पाएपछि उनी सोमबार अस्पतालमा भर्ना भएकी छिन् ।

    यसअघि एक भारतीय मिडियाले शाजा विदेश यात्रामा नभएको बताएको थियो तर अन्य भारतीय मिडियाका अनुसार शाजा मार्चको पहिलो हप्ता श्रीलङ्काबाट फर्किएकी थिइन् । मोरानीका अनुसार शाजामा संक्रमणको कुनै लक्षण नदेखिइकनै उनको कोरोनाभाइरसको परीक्षण पोजेटिभ आएको हो ।



    पारिवारिक श्रोतका अनुसार १५ मार्चमा राजस्थानबाट फर्किएकी जोयामा पनि संक्रमणको पुष्टि भएको छ । उनलाई कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ भने शजालाई नानावती अस्पतालमा भर्ना गरिएको छ ।



    सन् १९८८ मा मुम्बईमा जन्मिएकी जोया मोरानीले आफ्नो पढाई पूरा गरेपछि बलिउडमा डेब्यू गरेकी थिइन् ।जोयाले सन् २००७ मा शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘ओम शान्ति ओम’ मा असिस्टेन्ट निर्देशकको भूमिका निभाएकी थिइन् ।

    त्यसपछि सन् २०१० मा फिल्म हल्लाबोलमा पनि उनले सह–निर्देशकको रुपमा काम गरेकी थिइन् ।जोयाले सन् २०११ मा फिल्म ‘अलवेज कभी–कभी’ बाट अभिनय सुरु गरेकी थिइन् । यसलाई शाहरुख खानले निर्माण गरेका थिए । त्यसपछि उनले मस्तान र भाग जोनीजस्ता फिल्ममा काम गरिन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार