Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोनाको तेस्रो लहर :

    अस्पतालका आईसीयू, भेन्टिलेटरसहितका सबै उपकरण २४ सै घण्टा तयारी राख्न सर्वोच्चको परमादेश

    अस्पतालका आईसीयू, भेन्टिलेटरसहितका सबै उपकरण २४ सै घण्टा तयारी राख्न सर्वोच्चको परमादेश

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरस महामारीको तेस्रो लहरलाई ध्यानमा राखी हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनलगायत जीवन रक्षाका लागि आवश्यक सामग्रीको पर्याप्त व्यवस्था गर्न परमादेश जारी गरेको छ ।

    पछिल्लो समय मुलुकभर कोरोनाको जोखिम पुन बढेपछि स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको संकेतलाई ध्यानमा राख्न सार्वजनिक अपील गरिरहेको बेला सर्वोच्चले सरकारको नाममा यस्तो आदेश जारी गरेको हो।



    न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले यस्तो परमादेश जारी गरेको हो ।



    अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर र मोहना अन्सारीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारलाई कोरोनाको तेस्रो लहरको तयारी गर्न भनेको हो । २०७८ जेठ ११ गते भएको फैसलाको पूर्णपाठमा सरकार र स्वास्थ्य मन्त्रालयलगायतलाई तयारीका लागि अन्य आदेशसमेत जारी गरेको छ।

    सामान्य अवस्थामा पनि नागरिकलाई रोग लागेपछि उपचारको यथोचित प्रबन्ध मिलाउनु राज्यको महत्त्वपूर्ण कर्तव्य र दायित्व हुने फैसलाको पूर्णपाठमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार