Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • कुन कर्मचारीको तलब कतिले बढ्यो ? (सूचिसहित)

    कुन कर्मचारीको तलब कतिले बढ्यो ? (सूचिसहित)

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 4K
    SHARES

    काठमाडौं । सरकारले तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–०७९ को बजेटमाफर्त बढाएको कर्मचारीको स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन एक गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको हो।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, नेपाल संसद सेवा, सामुदाकिय विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरतमा कार्यरत कर्मचारीका लागि २०७८ साउन एक गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ।’



    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणमा सबै तहका कर्मचारीको तलब चालु आर्थिक वर्ष २०७८–०७९ को साउन महिनाको एक गतेबाट लागू हुनेगरी दुई हजारले वृद्धि गर्ने घोषणा गरेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार